संघीयताका कारण देश समृद्ध हुँदै गएको छ : महामन्त्री शर्मा

  • कालिका खवर
  • बिहिबार, मंसिर २१, २०८०
  • दाङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीयताका कारण देशमा विकास भएको बताएका छन् ।बिहीबार घोराहीमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले पार्टीलाई नयाँ तरिकाबाट लैजानुपर्छ भन्ने कार्यकर्ताको भावनाअनुसार काम गरिरहेको पनि सुनाए ।

    “भ्रष्टाचार नियन्त्रण गर्न कानुन बलियो बनाउनुपर्छ । भ्रष्टाचार निवारण ऐनको आधारमा काम–कारबाही गर्नुपर्छ । निर्दोषलाई फसाउनु हुँदैन, दोषीलाई उन्मुक्ति दिनु हुँदैन,” उनले भने ।एनसेलले पुँजीगत लाभकर तिर्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसो गर्न नसकेमा सरकारले किन्नुपर्नेमा जोड दिए ।लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले कांग्रेसलाई सबैभन्दा राम्रो पार्टी बनाउन लाग्नुपर्ने बताए । रासस

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs