अध्यक्ष ओलीद्वारा बाग्लुङ कालिका भगवती मन्दिरमा विशेष पूजा आराधना

  • कालिका खवर
  • बिहिबार, मंसिर २१, २०८०
  • बाग्लुङ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रसिद्ध शक्तिपीठ बाग्लुङ कालिका भगवती मन्दिरमा विशेष पूजा आराधना गर्नुभएको छ ।

    मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज बिहीवार बाग्लुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधनपछि अध्यक्ष ओली र उहाँकी श्रीमती राधिका शाक्यले कालिका मन्दिरमा विशेष पूजा आराधना गर्नुभएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

    पूजा आराधनापछि कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काले ओलीलाई काठबाट बनाइएको कालिका मन्दिरको मूर्ति उपहार दिनुभएको थियो । अध्यक्ष ओलीसहित मन्दिर पुग्नुभएका एमाले उपमहासचिव प्रदीप ज्ञवालीलगायतको टोलीलाई गुठी व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए ।अध्यक्ष ओलीले मन्दिरमा राखिएको आगन्तुक पुस्तिकामा सुझावसहित हस्ताक्षर गर्नुभएको थियो । बाग्लुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ भएको उल्लेख गर्दै उहाँले मन्दिर परिसरमा विवाह गरिरहेका जोडीलाई बधाई दिनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs