एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली टोली पराजित

  • कालिका खवर
  • शुक्रबार, मंसिर २२, २०८०
  • काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । शुक्रबारको खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग सात विकेटले पराजित भयो ।

    टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs