‘रामायण’मा हनुमान बन्दै सन्नी देओल

  • कालिका खवर
  • आइतवार, माघ १४, २०८०
  • निर्देशक नितेश तिवारीले आफ्नो ठूलो बजेटको फिल्म ‘रामायण’को छायांकन केही महिनामा सुरु गर्दैछन् । रणवीर कपुरको शीर्ष भूमिका रहने फिल्ममा साई पल्लवीको पनि मुख्य भूमिका हुनेछ । फिल्ममा साउथ सुपरस्टार यश रावणको भूमिकामा देखिंदैछन् ।

    बलिउड सञ्चारमाध्यमका अनुसार यो फिल्ममा हनुमानको भूमिकामा सन्नी देओलले अभिनय गर्ने जनाइएको छ । फिल्मसँग सम्बन्धित स्रोतका अनुसार उक्त भूमिका निर्वाह गर्न देओल सहमत छन् । उनी हनुमानको भूमिका निर्वाह गर्न उत्साहित समेत देखिएका छन् । आगामी मे महिनादेखि सन्नीले यस फिल्मको पहिलो भागको सुटिङ सुरु गर्ने चर्चा छ । फिल्मको पहिलो भागमा सन्नीले अतिथि भूमिकामा मात्रै देखिने भएपनि दोस्रो र तेस्रो भागमा उनको पूर्ण उपस्थिति रहनेछ ।

    यसअघि पनि विभीषणको भूमिकाका लागि साउथ सुपरस्टार विजय सेतुपतिसँग निर्माताले छलफल गरिरहेको सुनिएको थियो । फिल्ममा कैकेयीको भूमिकामा लारा दत्तलाई छनोट गरिएको छ । यो फिल्ममा सन्नीका भाइ बबी देओल कुम्भकरणको भूमिकामा देखिने चर्चा पनि थियो । तर पछि बबीको टोलीले यसको खण्डन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs