आर्मी आहा राराको फाइनलमा

  • कालिका खवर
  • बिहिबार, माघ १८, २०८०
  • पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्ड कपको फाइनल प्रवेश गरेको छ । बिहीबार पोखरा रङ्गशालामा भएको खेलमा चर्च ब्वाइजलाई २–१ गोलले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।निर्धारित ९० मिनेट १–१ को बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।

    थपिएको समयमा आर्मीले १ गोल थपेर जित सुनिश्चित गरेको छ । आर्मीका लागि ६१ औँ मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले पहिलो गोल गरेका थिए । ८५ औँ मिनेटमा चर्च ब्वाइजका समीर तामाङले गोल गरेर खेल बराबरीमा लगेका हुन् । दोस्रो गोल ९९ औँ मिनेटमा रासबहादुर मगरले थपे । योसँगै आर्मी पाँचौँ पटक फाइनल प्रवेश गरेको हो । यसअघि ४ पटक फाइनल पुगिसकेको आर्मीले उपाधि भने जितेको छैन । अब उपाधिका लागि शनिवार थ्रिस्टार र आर्मीबिच प्रतिस्पर्धा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs