नेपाल र भारतका खेलकुद मन्त्रीबिच भेटवार्ता

  • कालिका खवर
  • मङ्लबार, माघ २३, २०८०
  • काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र भारतका सूचना, प्रसारण, युवा मामिला तथा खेलकुद मन्त्री अनुराग ठाकुरबिच भेटवार्ता भएको छ ।

    दिल्लीमा बुधबारदेखि हुन गइरहेको खेलकुदसम्बन्धी बिमस्टेक एक्वाटिक्स च्याम्पियनसिप २०२४ को कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका लिम्बुले भारतीय मन्त्री ठाकुरसँग भेटघाट गरेका हुन् ।

    सो क्रममा दुवै देशको युवा शक्तिलाई सदुपयोग गर्दै खेलकुदको क्षेत्रमा साझा अवसर खोज्ने विषयमा छलफल भएको भारतीय मन्त्री ठाकुरले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा पहिलो पटक बिमस्टेक अन्तर्गत हुन गइरहेको अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताप्रति आफूलाई गर्व लागेको मन्त्री ठाकुरले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs