४२ लाखभन्दा बढी मूल्यको प्याजसहित दुई वटा गाडी नियन्त्रणमा

  • कालिका खवर
  • बुधबार, माघ २४, २०८०
  • पर्सा । पर्सा जिल्लाको विभिन्न स्थानबाट ४२ लाखभन्दा बढी मूल्यको प्याजसहित सशस्त्र प्रहरी बल नेपालले दुई वटा पिकअप गाडी नियन्त्रणमा लिइएको छ ।

    वीरगन्ज महानगरपालिका–२६ सुगौलीस्थित विर्ताबाट माघ २४ गते करिब २१ लाख १६ हजार रुपैयाँ बराबरको प्याज र एउटा पिकअप गाडी नियन्त्रणमा लिइएको हो । प्रदेश २–०३–००१ च ५९३५ नम्बरको पिकअप गाडीमा राखी विन्दावासिनीबाट वीरगन्जतर्फ ल्याउँदै गरेको २ हजार ९ सय १० किलो प्याज प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो ।

    त्यस्तै सोही महानगरपालिका–२५ चण्डाल चोकबाट माघ २३ गते करिब २१ लाख १३ हजार रुपैयाँ बराबरको प्याज र गाडी नियन्त्रणमा लिइएको छ । प्रदेश २–०३–००१ च ६२०३ नम्बरको पिकअप गाडीमा राखी बिन्दवासिनीबाट वीरगन्जतर्फ ल्याउँदै गरेको २ हजार ८ सय ३० किलो प्याज बिओपी ड्राईपोर्टले नियन्त्रणमा लिएको हो । बरामद प्याज तथा दुईवटै गाडी आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs