वाईसीयो’मा नेपालले जित्यो रजत पदक

  • कालिका खवर
  • बिहिबार, माघ २५, २०८०
  • ६० देश ले प्रतिस्पर्धा गरेको पाक कला मा ‘एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट तथा सेन्टर फर
    लिडरसीप एण्ड इन्टरप्रेनरसिप’ कलेज का बिद्यार्थी कमल थापाले दोश्रो स्थान प्राप्त गर्दै रजत पदक प्राप्त गरेका छन । साथै
    उनले राज दुत पुरस्कार र उत्तम शाकाहारी पुरस्कार पनि प्राप्त गरेका छन। यही माघ १५ गतेदेखी २१ गतेसम्म
    इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डनको सक्रियतामा इन्टरनेशनल इनस्टिट्युट अफ होटल म्यानेजमेन्ट
    (आईआईएचएम) इन्डिया द्वारा आयोजित ‘योङ सेफ ओलिम्पियाड २०२४’ भारतमा सम्पन्न भएको थियो ।

    प्रतिस्पर्धी राष्ट्रहरुलाई ६ वटा समूहमा विभाजित गरिएको थियो। उक्त्त प्रतिस्पर्धाले संयुक्त राष्ट्र संघको ‘दिगो विकास लक्ष्य’
    लाई प्रचार र प्रवर्धन गर्ने उदेश्य लिएको थियो।
    चर्चित पाक प्रतियोगितामा कमल थापाले फ्रान्स, इङ्ल्यान्ड, सिङ्गापुर, अमेरिका, स्पेन, अष्ट्रेलिया, साउदी अरब,
    मलेसिया, इरान, टर्की लगायत विभिन्न देशका ६० राष्ट्रिय प्रतिनिधिलाई पछि पारेका छन् ।
    उक्त प्रतियोगिताको सफल ता ले नेपाल लाई विश्वो सामु चिनाउन मद्दत पुगेको र कलेजले प्रदान गरेको आवशर ले हौशाला
    प्रदान गरेको प्रतियोगी कमल थापाले जनाएका छन। कलेजका प्रचिछ्यक सुर्य महत ले उक्त्त प्रतियोगिता भरी मेन्टरको
    भूमिका निर्वाह गरेका थिए।

    एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट सन् २०१० मा डिप्लोमा इन क्युलिनरी आर्टस् नामक
    कोर्सका साथ सञ्चालनमा आएको हो। उक्त कोर्सबाट अहिलेसम्म १००० भन्दा बढी नेपाली युवालाई रोजगारको बाटो
    देखाउन र करियर अगाडि बढाउन सहयोग पुग्दै आएको छ। उक्त कलेजले डिप्लोमा इन कलिनरि आर्ट्स (१ वर्ष),
    बिएचएम्(४ वर्ष), बिबिए (४ वर्ष), र एम बि ए (२वर्ष) का कार्यक्रम मार्फत नेतृत्व र उद्यमशीलता केन्द्रीत पठन-पठन गराउंदै आएको एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट तथा सेन्टर का व्यवस्थापक राम राज आचार्यले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs