दाइको बलात्कारबाट २५ वर्षीया युवती गर्भवती

  • कालिका खवर
  • बिहिबार, माघ २५, २०८०
  • काठमाडौँ । धादिङको थाक्रेस्थित आग्राखोलामा बस्ने एउटा परिवारमा दर्दनाक घटना भएको छ । दाइको बलात्कारबाट २५ वर्षीया युवती गर्भवती हुन्छिन् । बच्चा जन्माउन अस्पतालमा जाँदा ७ महिनाको नवजात शिशुको मृत्यु हुन्छ । त्यसपछि माघ २० मा उनले आफूमाथि बलात्कार गर्ने दाइको १३ महिने छोरालाई अपहरण गरेर काठमाडौँ ल्याउँछिन् ।

    पीडितले नाबालकलाई काठमाडौँमा ल्याएर उनका साथिहरु कमल बिक र शारदा क्षेत्रीको डेरामा छाडिन् । तनहुँ घर भएर रातोपुल नजिकै बस्ने २७ वर्षीय कमल र ३३ वर्षीया शारदा पति–पत्नी हुन् । माघ २१ मा बिहान ३ बजेतिर वाकिङमा निस्केकाहरुले रातोपुलस्थित फोहोर फाल्ने ठाउँमा बालक रोएको आवाज सुनेपति प्रहरीलाई खबर गरे । अस्थाई प्रहरी पोष्ट रातोपुलबाट खटिएको टोलीले नाबालकलाई उद्धार गरे । बालकलाई काठमाडौँबाट ल्याएर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले बताए । प्रहरीले बलात्कारमा संलग्न ३३ वर्षीय दाजु र बलात्कृत बहिनीसहित ५ जनालाई पक्राउ गरेको छ । दाजुलाई हाडनातामा बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान सुरु गरिएको एसपी मिश्रले जानकारी दिए । बलात्कार आरोपी दाइ माघ २१ मा पक्राउ परेका हुन् । बलात्कृत तर, अपहरणमा संलग्न युवतीलाई माघ २४ मा पक्राउ गरेर प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ ।

    काठमाडौँमा डेरामा बसेर अपहरण गरेको बच्चालाई रातोपुलस्थित सड्कमा राख्न सहयोग गरेको आरोपमा कमल बिक र शारदा क्षेत्रीलाई पनि प्रहरीले पक्राउ गरेर अपहरण मुद्दामा अनुसन्धान गरिरहेको छ । दाजुले बलात्कार गरेको थाहा पाएपछि थाक्रे गाउँपालिका–४ घर भएका देवेन्द्र कुमार थापाले पनि २५ वर्षीया युवतीलाई बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ३९ वर्षीय देवेन्द्रलाई पनि माघ २१ मा पक्राउ गरेर बलात्कार मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । अहिले ३ जना अपहरण र दुईजना बलात्कार मुद्दामा जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs