अमेरिकामा २०० फिट अग्लो टावर चोरी

  • कालिका खवर
  • सोमवार, माघ २९, २०८०
  • अलाबामा । हामीले प्रायः अनेक खालका चोरीका घटना सुनिरहेका हुन्छौँ । कहिले गर–गहना चोरी त कहिले रुपैयाँ पैसा । कहिले घरका बहुमूल्य सामान वा लत्ता कपडा । चार्नेले त घरका धाराका मिटर वा टुटी पनि चोरिरहेका छन् ।

    अमेरिकामा भने अचम्मको चोरीको घटना भएको छ । चोरहरुले २०० फिट अग्लो एउटा टावर नै चोरेका छन् । यो घटना अमेरिकाको अलाबामाको हो । राज्यको जैसपर सहरमा रेडियो स्टेसनको टावर नै बेपत्ता भयो ।

    घटना यही महिनाको सुरुको हो । रेडियो स्टेसनको आधिकारिक फेसबुक पेजमा एक अचम्मको घटना रिपोर्ट गरियो । स्टेसनका मालिक ब्रेट एलमोरले लेखेका छन्, ‘हाम्रो रेडियो स्टेसन भएको क्षेत्रमा चोरीचकारी भइरहेको थाहा थियो, तर चोरहरूले जे पनि चोरेर लैजान्छन् भन्ने थाहा थिएन ।’ फेब्रुअरी ३ मा शेयर गरेको एक पोष्टमा एलमोरले भनेका छन् । उनका अनुसार बिहानै स्टेशनका कर्मचारी टावर आसपास सरसफाई गर्न गएका थिए । टावर स्टेसनबाट केही पर मात्रै थिए । तर सधैँ टावर भइरहेको ठाउँमा टावर थिएन । २०० फिट अग्लो टावर पूरै गायब थियो ।

    चोरहरुले टावर लगे भनेर सुन्दा शुरुमा एलमोरले पत्याएकै थिएनन् । २०० फिटको टावर पूरै उखेलेर लगेछन् भनेर पत्याउनु पनि कसरी । यो घटनाबारे सुनेर प्रहरी पनि छक्क परेको थियो । टावर चोरी हुँदा उनलाई निकै घाटा भयो । चोरले टावर मात्रै होइन ट्रान्समिटर समेत चोरेर लगे । यी दुईको मूल्य ८० लाख नेपाली रुपैयाँ पर्छ । यसको जडान र अन्य सामान खरिदमा उनले १ करोड ६० लाखभन्दा धेरै खर्च गर्नुपर्नेछ । यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ । चोरिएको टावर लगाउन एलमोरले गो फन्ड मी अभियान सुरु गरेका छन् । अहिलेसम्म टावर चोर फेला परेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs