यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन १, २०८०
  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

    यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३६ पैसा रहेको छ।

    यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १९ पैसा र बिक्री दर १६७ रुपैयाँ ९४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५०  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs