छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन १५, २०८०
  • काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । झापाको कनकाई नगरपालिका-८ खाडिबस्तीस्थित सडकमा मे.१ त ११५१ नम्बरको ट्याङ्करले प्रदेश १-०१-०१३ प २५१३ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सागर मिश्रको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यता सर्लाहीको कौडेना गाउँपालिका-३ स्थित सडकमा एसआर ५९ ए ०१३१ नम्बरको स्कारपियो र बिआर ०६ सिवाई ५०८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका-६ बस्ने २३ वर्षीय सियानन्दन महतो र १९ वर्षीय अजय महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको वीरगन्ज हेल्थ केयर अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार स्कारपियो चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs