बाराको वर्कशपमा विस्फाेट गराएको आरोपमा दुई जना पक्राउ

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन १५, २०८०
  • बारा | बारामा वर्कशपमा विस्फाेट हुँदा ज्यान गुमाउनेको सङ्ख्या तीन जना पुगेको छ । हिजाे निजगढ नगरपालिका–७ शहीद चोकको वर्कशपमा विस्फोट हुँदा एक जनाको ज्यान गएकोमा आज थप दुई जनाको ज्यान गएको हो । आज भारत गवई घर भएका राकेश जयसवाल र पर्साकाे वीरगञ्ज महानगरपालिका–९ का रजतको उपचारका क्रममा ज्यान गएको हो । वर्कशपका सञ्चालक रेशम पुलामी मगरको हिजै ज्यान गएको थियो ।

    लेथ ग्यास बेल्डिङ गर्दै गर्दा विस्फोट भएपछि उनीहरू घाइते भएका थिए । सिलिन्डर ग्यास विस्फोट भएको भनिए पनि अझै विस्फोट भएको वस्तु यकिन नभएको बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेले बताउनुभयो । विस्फाेट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs