‘मर्निङ वाक’ निस्किएका पोखराका तेजराज ओझा मृत भेटिए

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन १८, २०८०
  • घरबाट हराएको २१ औं दिनमा सेती नदी किनारमा पोखरा-३० का तेजराज ओझा मृत फेला परेका छन् । सेती नदी किनार (गगनगौंडा तल )मा उनको शव सडेको अवस्थामा फेला परेको हो ।

    माघ २५ गते घरबाट ‘मर्निङ वाक’मा निस्किएका ओझा नफर्केपछि परिवारले खोजीका लागि प्रहरीलाई समेत आग्रह गरेको थियो । पोखरा र आसपासका सहरमासमेत खोजी गर्दा पनि नभेटिएका ओझा सेतीमा फेला परेको र बिहीबारै अन्ति दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।

    बिहीबार सेतीको बाँध खोल्नु अगाडि नै ओझाको शव फेला परेको कास्की प्रहरी कार्यालयका प्रहरी निरीक्षण सूर्य रानाले जानकारी दिए । ओझाको मृत्युको कारणबारे अझै खुल्न नसकेको प्रहरीको भनाइ छ ।

    रुपा गाउँपालिकाबाट पोखरा–३० मा बसाइँ सरेका ओझा लामो समयमा भारतमा नोकरी गरेर फर्केका थिए । ओझाका २ छोरी छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs