हामीले हिँडेको बाटोलाई सिंहावलोकन गरौँ : झलनाथ खनाल

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन १८, २०८०
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भरतपुर महानरपालिकाकी मेयर रेनु दाहाल नेपालकी छोरी भएको बताएका छन् ।

    भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रममा उनले उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मात्रै छोरी नभएको बताए । “तपाईं साँच्ची नै कमरेड पुष्पकमल दाहाल प्रचण्डकी छोरी मात्रै होइन् । नेपालको छोरी हो । तपाईंले जुन ढंगले प्रयत्न गर्दै हुनुहुन्छ । राम्रो प्रयत्न हो । तपाईको नेतृत्वमा भरतपुरले निरन्तर विकास हुन सकोस्,” खनालले भने ।

    खनालले प्राकृतिक साधन स्रोतले सम्पन्न देश भए पनि गरिब नागरिक बनाइएको बताए । उनले कृषि, उद्योग सिर्जन गर्न नसक्दा देशलाई अग्रगतिमा लैजान गाह्रो हुने बताए । उनले अहिले समृद्ध देश बनाउनलाई एकपटक छाती छामेर हिँडेको बताए । “हामीले हिँडेको बाटोलाई सिंहावलोकन गरौँ । छाती छामेर हेरौँ । सुधार गरौँ । कोर्ष चेन्ज गरौँ । देश समृद्धितिर लान सकिन्छ,” खनालले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs