नवज्योति मा.वि विद्यालयमा तेस्रो अन्तर म.वि स्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

  • कालिका खवर
  • शनिबार, फाल्गुन १९, २०८०
  • काठमाडौं । स्याङ्जा जिल्लामा स्थित नवज्योति मा.वि बिरुवा १ स्याङ्जा विद्यालयमा फागुन १८ गते शुक्रबार सामाजिक विकासका लागि सहयोगि हातहरु द्वारा आयोजित तेस्रो अन्तर मा.वि स्तरीय हाजिरिजवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । यस कार्यक्रममा देशभरका १० विद्यालयहरुले भाग लिएका थिए ।

    प्रतियोगितामा नवज्योति मा.वि बिरुवा १ स्याङ्जा विद्यालयका विद्यार्थीले प्रथम स्थान प्राप्त गरेका हुन्। उनीहरूले आफ्नो विद्यालयलाई गर्वित बनाएका छन्। त्यस्तै श्री आधारभूत मा.वि शुक्लागण्डकी ११ सांखे तनहुँ द्वितीय र  श्री पीताम्बर मा.वि हरिनास दग्दी तृतीय हुन सफल भएको छ ।

    ज्याग्दी खोला समाज युकेले प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई नगद पुरस्कार सौजन्य गरेको छ । उस्मान फाउन्डेसन शुक्लागण्डकी ५ तनहुँले  शैक्षिक सामाग्री, शिल्ड, मेडल आदि सामाग्रीहरु प्रदान गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs