त्रिकोणात्मक टी–२० सिरिजमा नामिबिया र नेदरल्याण्ड्सबिच आज प्रतिस्पर्धा

  • कालिका खवर
  • आइतवार, फाल्गुन २०, २०८०
  • त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदै छ। खेल बिहान साढे ११ बजेबाट त्रिवि क्रिकेट मैदानमासुरू हुनेछ। साथै आजकै खेलबाट सिरिजको अर्को फाइनलिस्ट टोली तय हुनेछ ।

    शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएर फाइनल पुगिसकेको छ । चारमध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै सिरिजको फाइनलमा पुगेको हो । नेपाल र नेदरल्याण्ड्सको समान ४-४ अंक छ ।

    तेस्रो स्थानमा रहेको नामिबिया र पहिलो स्थानमा रहेको नेदरल्याण्ड्समध्ये फाइनल पुग्ने टिमले  मंगलबार नेपालसँग उपाधिका लागि भिड्नेछन् ।

    यसैबिच नेपाल क्रिकेट संघ (क्यानले) आजको खेल दर्शकका लागि निःशुल्क हेर्न पाउने व्यवस्था गरेको जनाएको छ ।  त्रिवि मैदानमा खेल हेर्न आउने दर्शकले टिकट काट्न नपर्ने जानकारी क्यानले सामाजिक सञ्जालमार्फत गराइसकेको छ । यसअघिका भएको सिरिजको सबै खेल प्रत्यक्ष हेर्न दर्शकहरूले टिकट लिनुपर्ने व्यवस्था थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs