१६ वर्षमुनिको महिला साफ च्याम्पियनशिप : आज नेपाल भर्सेस भारत

  • कालिका खवर
  • बिहिबार, फाल्गुन २४, २०८०
  • १६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दैछ । फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा शुरु हुनेछ ।

    फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ । बङ्गलादेश लगातार दुई खेल जित्दै फाइनलमा पुगिसकेको छ । दुई अङ्क भएको भारत दोस्रो स्थानमा र समान दुई अङ्क भएको नेपाल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । दुवै खेल हारेको भुटान अङ्कविहीन हुँदै बाहिरिसकेको छ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

    यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs