हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन २९, २०८०
  • हाइटीका प्रधानमन्त्री एरियल हेनरीले राजीनामा दिएका छन् । केही हप्तायता दबाब चर्किरहेको अनि देशभरमा हिंसा बढेको परिस्थितिमा हेनरीले राजीनामा दिएका हुन् । सोमबार जमाइकामा क्षेत्रीय नेताहरूले हाइटीको राजनीतिक सङ्क्रमणबारे छलफल गरेलगत्तै उनको राजीनामा आएको छ ।

    सशस्त्र समूहहरूले स्वदेश छिर्न नदिएपछि हेनरी अहिले प्यूर्टो रिकोमा अलपत्र छन् । सन् २०२१ को जुलाईमा पूर्व राष्ट्रपतिको हत्या भएयता उनले नेतृत्व सम्हाल्दै आएका थिए । हालैका दिनमा हतियारधारी समूहहरूले राजधानी पोर्ट–अउ–प्रिन्सलाई कब्जामा लिएर अनिर्वाचित प्रधानमन्त्रीको राजीनामा मागेका थिए । हाइटीमा जारी द्वन्द्व समाधान गर्न सहयोग जुटाउन हेनरी केही दिन अघि केन्याको भ्रमण गएको थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs