धोनीले छाडे चेन्नईको कप्तानी, रुतुराजले टाेलीकाे नेतृत्व गर्ने

  • कालिका खवर
  • बिहिबार, चैत्र ८, २०८०
  • इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टिम चेन्नई सुपर किङ्ग्सको कप्तानी रुतुराज गायकवाडले सम्हाल्ने भएका छन् । आईपीएलको पहिलो संस्करण सन् २००८ देखि नै कप्तान रहेका महेन्द्रसिंह धोनीले आफ्नो कप्तानी आज गायकवाडलाई दिएका क्रिक इन्फोले जनाएको छ ।

    सन् २०२२ मा रविन्द्र जडेजा कप्तान भए पनि टोलीको प्रदर्शन राम्रो नभएपछि पुनः धोनी नै कप्तान बनेका थिए । धाेनी आईपीएलका सफल कप्तानमा पर्छन् । उनकाे नेतृत्वमा चेन्नईले ५ पटक उपाधि जितेकाे छ ।

    आईपीएलको १७औँ संस्करण भाेलिदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा चेन्नई र रोयल च्यालेन्जर्स बेङ्गलाेर खेल्दैछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs