ब्राजिलका फुटबल खेलाडी रोबिन्होलाई बलात्कार अभियोगमा ९ वर्ष जेल

  • कालिका खवर
  • शुक्रबार, चैत्र ९, २०८०
  • ब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई बलात्कार अभियोगमा ब्राजिलको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ ।

    सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो ।

    यसअघि सन् २०१७ मा इटलीको अदालतले पनि उनलाई दोषी ठहर गर्दै ९ वर्षकै जेल सजायँ सुनाएको थियो । त्यतिबेला उनी एसी मिलानका लागि खेल्दथे ।

    स्काई न्यूजको रिपोर्ट अनुसार इटलीको अनुरोधपछि ब्राजिलको एक अदालतले उनीमाथि ९ वर्षको जेल सजायँ सुनाएको हो । उनले ब्राजिलमै जेल सजायँ काट्नुपर्ने फैसला अदालतले गरेको स्काई न्यूजमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs