घाँटीमा अण्डा अड्किएर एक जनाको मृत्यु

  • कालिका खवर
  • शनिबार, चैत्र १०, २०८०
  • ओखलढुङ्गामा घाँटीमा अण्डा अड्किएर एक जनाको मृत्यु गएको छ । उसिनेको अण्डा खाँदा घाँटीमा अड्किएर मोलुङ गाउँपालिका-२ रामपुरका ४५ वर्षीय काजी भुजेलको मृत्यु भएको हो ।

    बरुणेश्वर रामपुरको एक होटलमा अत्यधिक मदिरा सेवन गरी अण्डा उसिनेर खानेक्रममा घाँटीमा अड्कियर श्वास फेर्न नसकेपछि भुलेलको मृत्यु भएको प्रहरी निरीक्षक बालिस्टार सिंहले बताएका छन् ।

    भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक सिंहको भनाइ छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs