ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, दुई जनाको हत्या

  • कालिका खवर
  • सोमवार, चैत्र १२, २०८०
  • ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा विवाद हुँदा दुई जनाको हत्या भएको छ ।

    होली खेल्ने क्रममा गएराति ९ बजे दुई समूहबीच झडप भएको थियो । झडपमा परी सुनसरी घर भई धोलाहिटी बस्ने २८ वर्षका रोबर्ट राई र ३० वर्षीय पुजन राईको हत्या भएको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।

    घटनामा संलग्न भएको आरोपमा हालसम्म १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

    घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता सुवेदीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs