होली खेलेर सुनकोशी नदीमा नुहाउन जाँदा तीन बालबालिका बेपत्ता

  • कालिका खवर
  • सोमवार, चैत्र १२, २०८०
  • उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । हिजो होली खेलेर नुहाउन नदीमा जाँदा उनीहरु बेपत्ता भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा  त्रियुगा –१४ साउनेका ११  वर्षीया रेखा मगर, ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन ।

    त्रियुगा –१४ का वडाअध्यक्ष हेमराज मगरका अनुसार उनीहरु हिजो दिउँसो होली खेलेर सुनकोशी नदीमा नुहाउनेक्रममा बेपत्ता भएका हुन  । पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुईजना चाहिँ निक्लन सफल भएका थिए ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले सुनकोशीमा बेपत्ता भएका बालबालिकाको  खोजी भैरहेको जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs