नयाँ कलाकारलाई भेट्दा अनुराग कश्यपले पैसा लिने, एक घण्टाको ५ लाख

  • कालिका खवर
  • सोमवार, चैत्र १२, २०८०
  • बलिउड निर्देशक अनुराग कश्यप आफ्नो खुलापनको कारण चर्चामा रहन्छन् । उनले दिने अभिव्यक्ति प्रायः हेडलाइन बन्छन् । यतिबेला उनी नयाँ स्टेटमेन्टले चर्चामा छन् ।

    भारतीय फिल्म उद्योगमा आउने नयाँ कलाकार लक्षित उनको अभिव्यक्ति चर्चामा छ । नयाँ कलाकार बन्ने आउनेलाई अब आफूले सित्तैंमा भेटेर समय बर्बाद नगर्ने उनको भनाइ छ ।

    सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेको पोस्टमा लेखिएको छ, ‘नयाँ आउने धेरैलाई मैले मद्दत गरेको छु । यतिबेला म थकित छु । आफूलाई महान् व्यक्ति भन्ने कसैलाई पनि भेटेर समय खेर फाल्ने छैन । अब पैसा लिन्छु । कसैले मलाई भेट्न चाहन्छ भने १०-१५ मिनेटको एक लाख रुपैयाँ लिन्छु ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs