अछाममा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • कालिका खवर
  • सोमवार, चैत्र १२, २०८०
  • अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

    आज बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए ।

    उनकाअनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उनले बताए ।

    घाइतेहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs