अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण

  • कालिका खवर
  • सोमवार, चैत्र १२, २०८०
  • अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ । म्यासुचेट्स जनरल अस्पताल (एमजीएच) मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्तिमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

    मिर्गौला प्रत्यारोपण गर्नका लागि चार घण्टा समय लागेको थियो । सो अस्पतालको विज्ञप्ति अनुसार ‘बिरामीहरूलाई थप सजिलैसँग उपलब्ध अंगहरू उपलब्ध गराउने प्रयासमा यो प्रक्रिया एउटा प्रमुख कोसेढुङ्गा हो।’

    अंगको अभाव विश्वभरि एक पुरानो समस्या हो र बोस्टनका अस्पतालमा मात्र मृगौला प्रत्यारोपणको लागि प्रतिक्षा सूचीमा १४ सय भन्दा बढी बिरामीहरू रहेका छन् ।

    शल्यक्रिया गर्ने टोलीका सदस्य डा. तात्सुओ कावाईले भने, ‘हाम्रो आशा छ कि यो प्रत्यारोपण दृष्टिकोणले मिर्गौला फेल भएका विश्वका लाखौँ बिरामीहरूलाई जीवन रेखा प्रदान गर्नेछ।’

    प्रत्यारोपणका लागि प्रयोग गरिएको सुँगुरको मिर्गौलाबाट हानिकारक जीन हटाएको र निश्चित मानव जीन थप्न आनुवंशिक रूपमा थपिएको अस्पतालले जनाएको छ। अस्पतालले भन्यो, ‘बिरामी म्यासाचुसेट्सका रिचर्ड स्लेम्यानको उपचार पछि निको भैरहेको छ र छिट्टै डिस्चार्ज हुने अपेक्षा गरिएको छ।’

    मधुमेह र उच्च रक्तचापबाट पीडित स्लेम्यानले २०१८ मा मानव मिर्गौला प्रत्यारोपण गराएका थिए । तर पाँच वर्षपछि असफल हुन थालेपछि उनी डायलासिसमा रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs