बाग्मती, कोशी र मधेश प्रदेशका धेरै ठाउँमा गएराति वर्षा

  • कालिका खवर
  • मङ्लबार, चैत्र १३, २०८०
  • बाग्मती, कोशी र मधेश प्रदेशका धेरै ठाउँमा गएराति वर्षा भएको छ । मधेशको सिरहा र सुनसरी जिल्लामा सबैभन्दा धेरै ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको मौसमविद्ले बताएका छन् । मधेस र कोशी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

    लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । देशका पूर्वी र मध्य भेगमा आज पनि हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय प्रणाली सक्रिय हुँदा बदली र वर्षा भइरहेको हो । हिजोकोभन्दा आज मौसम सुधार हुने महाशाखाको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs