लगातार २४ बर्ष पुटिनको सामराज्य

  • कालिका खवर
  • मङ्लबार, चैत्र १३, २०८०
  • सन् २००० मा आजकै दिन (मार्च २६) मा भ्लादिमिर पुटिन रुसको राष्ट्रपतिमा पहिलो पटक विजयी भएका थिए । उनी ५३.४४ प्रतिशत मतसहित विजयी भएका थिए । पुटिनका निकटतम प्रतिद्वन्द्वी गेनाडी ज्युगानोभले २९.४९ प्रतिशत मत ल्याएका थिए ।

    त्यसपछि रुसी राष्ट्रपति कार्यालयमा क्रेमलिनको उपप्रमुख प्रशासक भएका पुटिनलाई १९९९ मा रुसी राष्ट्रपति बोरिस यल्तसिनले प्रधानमन्त्री नियुक्त गरेका थिए । १९९९ डिसेम्बर ३१ मा यल्तसिनको राजीनामापछि कार्यवाहक राष्ट्रपति बनेका पुटिन त्यसपछि २००० मा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका हुन् ।

    त्यसपछि लगातार दुई कार्यकाल राष्ट्रपति भएका पुटिन कानुनी प्रावधानका कारण पदबाट बाहिरिए पनि २००८ मा आफ्ना विश्वासपात्र दिमित्री मेदभेदेभलाई राष्ट्रपति बनाउन सफल भएका थिए । २००८ देखि चार वर्ष प्रधानमन्त्री भएका पुटिन २०१२ मा तेस्रो र २०१८ मा चौथो पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए । गत मार्च १५ देखि १७ सम्म रुसमा भएको राष्ट्रपतीय चुनावमा उनी पाँचौं कार्यकालका लागि निर्वाचित भइसकेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs