ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

  • कालिका खवर
  • मङ्लबार, चैत्र १३, २०८०
  • जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

    जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

    उनलाई आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा करेन्ट लागेको थियो ।

    शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs