अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ

  • कालिका खवर
  • बुधबार, चैत्र १४, २०८०
  • काठमाडौँ । नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ परेकी छन् ।

    अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई मंगलबार बालाजु क्षेत्रबाट प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । बमलाई आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

    उनका अनुसार पीडितको मोबाइल समेत कब्जा गरेर अपराधिका लाभ लिएको आरोप छ । उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs