कृषि विकास बैंकको ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन

  • कालिका खवर
  • बिहिबार, चैत्र १५, २०८०
  • कृषि विकास बैंकले ग्लोबल मनी विकको अवसरमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन गरेको छ।

    बैंकको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको आयोजनामा पूर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे, रूपन्देही जिल्लाको धकधही र कपिलवस्तु जिल्लाको खनुवाका विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई बैंकिङ सम्बन्धी जानकारी दिइएको थियो।

    बैंकका उपमाहाप्रबन्धकले वित्तीय साक्षरता, वित्तीय साक्षरताका सम्बन्धमा बैंक, विद्युतीय बैंकिङ सेवा, बेलैमा बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत, बचतको महत्त्व, खाताबाट कारोबार गर्दा हुने फाइदा, विद्युतीय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारिक खर्चको लेखापालन लगायतका विषयमा प्रकाश पारेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs