झापाबाट काठमाडौं जाँदै गरेको हाइस चितवनमा दुर्घटना, ८ जना घाइते

  • कालिका खवर
  • बिहिबार, चैत्र १५, २०८०
  • चितवनमा यात्रु बोकेको हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। भरतपुर महानगरपालिका १ रामनगर स्थित मुग्लिङ-नारायणगढ राजमार्गमा राखेको चेकिङ पोस्टमा रोकिराखेको बसमा हाइस अनियन्त्रित भई ठोकिँदा ८ जना घाइते भएका हुन्।

    झापाबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नम्बरको यात्रु बसको सोही तर्फ जाँदै गरेको ग २ ख २२५ नम्बरको हायस अनियन्त्रित भई ठोक्किएको थियो।

    घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको उपचार चितवन मेडिकल कलेजमा भरतपुरमा भइरहेको छ। घाइते हुनेहरूमा भरतपुर-११ बस्ने४४ वर्षीया मिना सापकोटा, ४० वर्षका  केशर साह, भरतपुर-१४ की ५१ वर्षिया धनुमाँया ढकाल र भरतपुर २ बस्ने ३० वर्षका काशी उपरकोटी रहेका छन्। उनीहरूको टाउकोमा गम्भीर चोट लागेको  प्रहरीले जानकारी दिएको छ।

    यस्तै भरतपुर २१ बस्ने  ४४ का मेकना तामाङ, भरतपुर १४ बस्ने ५३ वर्षका हरिराम ढकाल, तुल बहादुर घले, गोर्खा सिरान्चोकका प्रीति रम्तेल रहेकी छन्। उनीहरूको अवस्था सामान्य छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs