गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त

  • कालिका खवर
  • बिहिबार, चैत्र १५, २०८०
  • गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् ।आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उनी आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । कम्पनीको चैत्र १४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    माधव प्रसाद उपाध्याय अहिले कम्पनी सचिवका रुपमा बैंकमा आवद्ध रहेका थिए । बैंकको सिइओमा अहिले गोविन्द प्रसाद ढकाल रहेका छन् । उनको कार्यकाल यही चैत ३० गते समाप्त हुँदैछ ।

    यसैगरी कम्पनी सचिवमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई नियुक्त गरिएको पनि बैंकले जनाएको छ ।

    गरिमा विकास बैंकले नेपालभर आफ्नो १२१ शाखा कार्यालय र ४९ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs