कोरोना महामारीपछि बेलायतका शिक्षकमाथि विद्यार्थीको दुर्व्यवहार बड्यो

  • कालिका खवर
  • शुक्रबार, चैत्र १६, २०८०
  • बेलायतका पाँचमध्ये एकजना  शिक्षकले आफू विद्यार्थीबाट दुर्व्यवहारको सिकार भएको बताएका छन् । कोरोना महामारीपछि विद्यार्थीहरूको व्यवहारमा आएका परिवर्तनहरूसँग विद्यालय र शिक्षकहरू जुधिरहेको हिजो सार्वजनिक सर्वेक्षण रिपोर्टले देखाएको हो ।

    कोरोनाको महामरीपछि लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याको फलस्वरुप राष्ट्रव्यापीरूपमा कक्षाकोठामा विद्यार्थीको शिक्षकप्रति अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टको  निष्कर्ष रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी  एएफपीले जनाएको छ ।

    यो समस्याको समाधान हुन वर्षौँ लाग्ने बेलायतका शिक्षाका विज्ञले बताएका छन् । ‘टिचर ट्याप’ सर्वेक्षण उपकरणको प्रयोग गरी बीबीसीले गरेको नौ हजार विद्यालय कर्मचारीहरूको सर्वेक्षणमा तीस प्रतिशत शिक्षकहरूले विद्यार्थी र शिक्षकबीच मनमुटाव बढेको बताएका छन् ।

    एघारदेखि अठार वर्षका विद्यार्थीहरूसँग काम गर्ने १५ प्रतिशत शिक्षकहरूले आफूले विद्यार्थीहरूबाट यौन उत्पीडन अनुभव गरेको बताएका रिपोर्टमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs