नेपाल, गुजरात र बरोडा सम्मिलित मैत्रीपूर्ण टी–२० क्रिकेट आजदेखि

  • कालिका खवर
  • आइतवार, चैत्र १८, २०८०
  • नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ । यो खेल दिउँसो सवा एक बजेपछि शुरु हुनेछ ।

    नेपाल र बरोडा पर्सि खेल्नेछन् । चैत्र २१ मा नेपाल र गुजरात तथा चैत्र २३ मा नेपाल र बारोडाबिच खेल हुनेछ । फाइनल खेल चैत्र २५ गते हुनेछ । यसअघि नेपाल क्रिकेट संघले यो खेलका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

    नेपाली टोली:

    रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, आकाश चन्द ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs