‘फ्रेन्डशिप कप’ क्रिकेटमा नेपालकाे विजयी शुरुवात, गुजरात ८ विकेटले पराजित

  • कालिका खवर
  • आइतवार, चैत्र १८, २०८०
  • भारतमा चलिरहेकाे एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ । आज गुजरातको वापीमा भएको खेलमा नेपालले गुजरातलाई ८ विकेटले हरायो ।

    गुजरातले दिएको ९९ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका कप्तान राेहित पाैडेलले सबैभन्दा धेरै नट आउट ३३ र अनिल साहले नट आउट ३२ रन बनाए । यस्तै कुशल भुर्तेलले १७, आसिफ शेखले १६ रन बनाए । बलिङतर्फ गुजरातका हेमाङ्ग पटेल र तेजस पटेलले समान १ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको गुजरात १८ ओभर २ बलमा सबै विकेट गुमाउँदा ९८ रन बनायो । गुजरातका रुद्र पटेलले सबैभन्दा धेरै २३ रन बनाए । नेपालका गुल्सन झाले ४, करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए ।

    शृङ्खलामा नेपाल र बरोडा पर्सि खेल्नेछन् । चैत २१ गते नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs