दिल्लीका कप्तान ऋषभ पन्तलाई १९ लाख जरिवाना

  • कालिका खवर
  • सोमवार, चैत्र १९, २०८०
  • दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारु (१९ लाख २४ हजार रुपैयाँ) जरिवाना लागेको छ ।

    आइतबार राति चेन्नाई सुपर किंग्सविरुद्द खेलको क्रममा स्वलो ओभर रेट(निर्धारित समयभन्दा बलिङ ढिलो सकेपछि ) जरिवानामा परेका हुन् ।

    जारी आईपीएलमा स्वलो ओभर रेटका कारण जरिवानामा पर्ने गुजरात टाइटन्सका शुभमन गिलपछि  पन्त दोस्रो कप्तान हुन् ।

    गत मंगलबार गिल चेन्नाईविरुद्ध नै कारबाहीमा परेका थिए । पन्तको अर्धशतकको सहयोगमा दिल्लीले चेन्नाई सुपर किंग्सलाई २० रनले हराउँदै पहिलो जित हात पारेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs