आयरल्यान्ड ‘ए’ १ सय ५७ रनमा अल आउट, ऐरीले ह्याट्रिकसहित ४ विकेट लिए

  • कालिका खवर
  • बुधबार, चैत्र २१, २०८०
  • तीन खेलकाे एकदिवसीय क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ टाेलीलाई १ सय ५८ रनकाे लक्ष्य दिएकाे छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेकाे आयरल्यान्ड ‘ए’ ३८ ओभर ३ बलमा १ सय ५७ रनमा अल आउट भयाे । आयरल्यान्ड ‘ए’ का केड कारमाइकलले सबैभन्दा धेरै ५१ रन बनाए । यस्तै कप्तान निल रकले ३९ रन जाेडे । बलिङतर्फ नेपालका कलमसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिए । ऐरीले ३८ ओभरकाे पहिलाे, दाेस्राे र तेस्राे बलमा विकेट लिए । यस्तै शाहब आलम र माैसम ढकालले समान दुई विकेट लिँदा रिजन ढकालले एक विकेट लिए ।

    एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतवार हुनेछ । यसअघि नेपाल ‘ए’ टोलीसँगको तीन खेलकाे टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले २–१ ले जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs