कांग्रेसलाई एक्लै लडेर बहुमत ल्याउने पार्टी बनाऔं : देउवा

  • कालिका खवर
  • आइतवार, चैत्र २५, २०८०
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा घात अन्तर्घात नगरी एक्लै बहुमत ल्याउन सक्नेगरी अघि बढ्नुपर्ने बताएका छन् ।

    भक्तपुर कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै देउवाले एक्लै चुनाव जितेर बहुमत ल्याउने दिशामा अघि बढ्नुपर्ने बताएका हुन् । ‘एक्लै जित्न सक्ने पार्टी, बहुमत ल्याउन सक्ने पार्टी बनाउनुपर्ने हाम्रो लागि अपरिहार्य भएको छ । त्यसैले पार्टीका साथीहरू एक भएर लागौं । आपसी कलह त्यागौं । सहमति, समझदारी कायम गरौं’ देउवाले भने, ‘देशभर पार्टी जित्न आवश्यक छ ।

    घात अन्तर्घात नगरी एक भएर लागेर बहुमत ल्याउन कम्मर कसेर लाग्न हार्दिक अनुरोध गर्दछु ।’ देउवाले भक्तपुर ऐतिहासिक ठाउँ रहेको भन्दै यसको अझै प्रचारप्रसार आवश्यक भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs