एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

  • कालिका खवर
  • आइतवार, चैत्र २५, २०८०
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन्। उनले तीन सय ७७ मत प्राप्त गरेकाे प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए।

    उनका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गरेकी थिइन्।

    यसैगरी, उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईं, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मियाँले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs