नौ महिनाको अवधिमा लागूऔषध मुद्दामा काभ्रेबाट ३२ जना पक्राउ

  • कालिका खवर
  • आइतवार, चैत्र २५, २०८०
  • जिल्ला प्रहरी कार्यालय काभ्रेले नौ महिनाको अवधिमा लागूऔषध मुद्दामा ३२ जनालाई पक्राउ गरेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ मा ३२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    पक्राउ परेकामध्ये १२ जना १८ देखि २५ वर्ष, १५ जना २६ देखि ३५ वर्ष, २ जना ३६ देखि ४५ वर्ष र ३ जना ५९ भन्दा माथि उमेर समूहका रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् । उनका अनुसार, पक्राउ पर्नेमा युवा उमेर समूहका धेरै देखिएकाले यसको रोकथामका लागि युवा लक्षित सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ ।

    जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार आयोजना गरेको लागूऔषधको प्रयोग, ओसारपसार, रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गरेको कार्यक्रममा कार्यालयले काभ्रेबाट यसै आर्थिक वर्षमा ३ सय २५ किलो ६९० ग्राम गाँजा, ३८ ग्राम खैरो हिरोइनजस्ता लागूपद्धार्थ प्रहरीले बरामद गरेको, लागूऔषध मुद्दामा ३२ जना पक्राउ गरेको, निषेधित र नियन्त्रित लागूऔषध कारोबार, औषधि वितरण तथा अनुगमन, लागूऔषध रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बारेमा जानकारी गराइएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs