अमेरिकामा मन्दिर पुनर्निर्माण गर्न पराजुलीले दिए डेड करोड

  • कालिका खवर
  • बुधबार, चैत्र २८, २०८०
  • अमेरिकामा हिन्दु–बुद्ध मन्दिर पुनर्निर्माणका लागी त्यहाँ बस्ने एकजना नेपालीले १ लाख ११ हजार डलर दान गरेका छन् । हिन्दु–बुद्ध मन्दिर बनाउन राजु पराजुलीले १ करोड ४८ लाख रुपैयाँ प्रदान गरेका हुन् ।

    पराजुली नेपालका लागि अमेरिकाको मेरिल्यान्ड राज्यका पर्यटन प्रवर्द्धक हुन् । मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको हिन्दु–बुद्ध मन्दिर पुनर्निर्माणका लागि पण्डित दिनबन्धु पोखरेलले मार्च ३० देखि अप्रिल ६ सम्म लगाएको महायज्ञमा पराजुलीले सो दान गरेका हुन् । महायज्ञबाट २० लाख अमेरिकी डलर दान सङ्कलन गरिएको महायज्ञ व्यवस्थापन समितिले जनाएको छ ।

    सो मन्दिर निर्माणमा पनि पराजुलीले यसअघि ६ हजार ६ सय अमेरिकी डलर दान गरेका थिए । सो रकमबाट मन्दिरमा स्थापित शिवलिंग परिसरको पुनर्निर्माण हुने छ । मन्दिरमा नेपालीहरूको आस्था जोडिएकाले आफूले सहयोग गरेको पराजुलीले बताए । ‘मन्दिर यहाँको नेपाली समाजको आस्थाको केन्द्रका रूपमा रहँदै आएको छ’ उनले भने–‘हाम्रो आस्था र नेपाली समाजलाई जोड्ने संस्था भएकाले मन्दिर बनाउन रकम दिएको हुँ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs