आज यी प्रदेशमा पर्ने छ पानी

  • कालिका खवर
  • आइतवार, बैशाख २, २०८१
  • हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी  प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै र बाँकी  पहाडी भूभागको एक–दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, गण्डकी र  कर्णाली प्रदेशको पहाडी भूभागका  एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र  कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs