सशस्त्र प्रहरीद्वारा रौतहटमा १ वर्षमा २ करोड ८० लाख बढीको सामान बरामद

  • कालिका खवर
  • बुधबार, बैशाख ५, २०८१
  • रौतहट स्थित सशस्त्र प्रहरीले १ वर्षको अवधिमा तस्करीको माध्यम बाट भित्र्याइएको दुई करोड ८० लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ। गत साउन एकदेखि चैत्र मसान्तसम्म  भारतबाट विभिन्न नाका हुँदै अवैध रूपमा भित्र्याइएको दुई करोड ८० लाख ४३ हजार ५६४ रुपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताए ।

    गत चैत महिनामा मात्रै ३६ लाख, ४५ हजार ९८४ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको थियो । बरामद सम्पूर्ण सामान आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको एसपी हुमागाईँले जानकारी दिए ।

    अवैध सामान ओसारपसारमा संलग्न १३ जना, लागू औषध कारोबारमा संलग्न २ जना, हात हतियार सहित पक्राउ परेका ३ जना  र वन पैदावार ओसारपसारमा संलग्न ६ जना गरी जम्मा २४ जना मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs