सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, चारको अवस्था गम्भीर

  • कालिका खवर
  • बुधबार, बैशाख ५, २०८१
  • दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ ।

    रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा १४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । १० जना भने सामान्य छन् ।

    उनीहरूको उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ । घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्‍डमा टोली खटिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs