मुस्ताङमा तीन वर्षमा लेक लागेर २९ जनाले ज्यान गुमाए

  • कालिका खवर
  • बुधबार, बैशाख ५, २०८१
  • मुस्ताङमा तीन वर्षमा लेक लागेर २९ जनाले ज्यान गुमाएका छन् । मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्ने यात्री बढेसँगै लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङकाअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको ज्यान गएको हो । यो आर्थिक वर्षको असोजदेखि चैतसम्मको सात महिनामै ११ जनाको ज्यान गएको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

    दुई हजार पाँच सय मिटर वा त्यो भन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ । लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वासप्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, कमजोरी हुनेलगायत सामान्य लक्षण अनुभव हुने चिकित्सक बताउँछन् । अहिले पर्वतीय क्षेत्रमा आरोहण तथा पदयात्राको मौसम भएकोले लेक लाग्ने घटनातर्फ सचेत हुनुपर्ने डाक्टरको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs