खाडीको वर्षाले काठमाण्डौमा उडान प्रभावित

  • कालिका खवर
  • बिहिबार, बैशाख ६, २०८१
  • काठमाण्डौ – यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौमा सयौँ यात्रु अलपत्र परेका छन् । दुबई र शारजाहको विमानस्थल अवरुद्ध हुँदा कामका लागि जाने नेपाली काठमाण्डौमै रोकिएका हुन् ।

    काठमाण्डौबाट दुबइ उडान भर्ने फ्लाइ दुबई, एयर अरेबिया, नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सका उडान प्रभावित भएका छन् ।

    काठमाण्डौ–दुबई उडान गर्ने फ्लाइ दुबईको आजको उडान भने शुरु भएको छ । दिनमा चारवटा उडान हुने गरेकोमा बिहानको उडान नियमित रहेको र अरु उडान पनि हुन सक्ने फ्लाई दुबईले जनाएको छ । तर दुबईबाट बाहिर जाने उडान अझै नियमित भइसकेका छैनन् ।

    फ्लाई दुबईले यात्रुहरुलाई टिकट खरिद गरिएका ट्राभल एजेन्सीमा सम्पर्क गर्न भनेको छ ।

    यस्तै यूएईको अर्को शहर शारजाह उड्नुपर्ने एयर अरेबियाको आजको उडान रद्द भएको छ । नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सका उडान तालिका पनि प्रभावित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs