लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ ; जिम्मेवारी पाएनन्

  • कालिका खवर
  • शुक्रबार, बैशाख ७, २०८१
  • लुम्बिनी प्रदेशमा गठबन्धनमा आबद्ध दलहरूको चित्त बुझाउन मन्त्रालयको संख्या बढाउने तयारी भएको छ । हाल मन्त्रिपरिषद्को संख्या ११ सदस्यीय छ । माओवादीले मुख्यमन्त्रीबाहेक दुईवटा मन्त्रालय लिने सहमति भएको छ । माओवादीबाट मुख्यमन्त्रीबाहेक एकजना मात्र नियुक्त भएकाले थप एकजना नियुक्त हुँदा मन्त्रिपरिषद् १२ सदस्यीय हुने भएको छ ।

    माओवादीबाट सरकारमा सहभागी भएका दीपेन्द्रकुमार पुनमगरले पार्टीको आन्तरिक कारणले गर्दा मन्त्रिपरिषद्मा थपिने सदस्यको टुंगो नलागेको बताए । उनले माओवादीबाट थप एकजना नियुक्त भएपछि १२ सदस्यीय मन्त्रिपरिषद् हुने बताए ।

    २५ चैतमा शपथ लिएसँगै तीन दलका तीनजनालाई विनाविभागीय मन्त्री नियुक्त गरेका महराले बिहीबार केही मन्त्रीहरूको कार्यविभाजन गरेका हुन् । उनले एमालेका चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना, माओवादीका दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

    एमालेबाट नियुक्त भएका दिनेश पन्थी, भूमिश्वर ढकाल, अर्जुनकुमार केसी र रत्नबहादुर खत्री, एकीकृत समाजवादीकी भगवती अधिकारी, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । एमालेका नेताहरू केही दिनका लागि काठमाडौं जानुपर्ने भएकाले कार्यविभाजन रोकिएको मन्त्री पुनमगरले बताए । नियुक्त भएका मन्त्रीहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बिहीबार नै शपथ लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs