बतास एमएडब्लुको पहिलो बार्षिकोत्सवमा बृक्षारोपण कार्यक्रम आयोजना

  • कालिका खवर
  • शुक्रबार, बैशाख ७, २०८१
  • नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु कर्मसियल भेहिकलमा अग्रणी रहेको आइसरको पहिलो वार्षिकोत्सवको अवसरमा आज शुक्रबार वातावरणीय दिगोपन र कर्पोरेट सामाजिक उत्तरदायित्वको लागि निरन्तर प्रतिबद्धताको रूपमा टंगाल स्थित बतास अर्गनाइजेसनको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
    वृक्षारोपण कार्यक्रममा सम्पूर्ण कर्मचारीहरू, सरोकारवालाहरू र समुदायका सदस्यहरूको सहभागीता रहेको थियो । जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न, हावाको गुणस्तर सुधार गर्न र जैविक विविधता बढाउन रुखहरूले महत्वपूर्ण भूमिका खेल्छन् । हाम्रो वृक्षारोपण कार्यक्रम मार्फत, हामी आउने पुस्ताको लागि हरियाली र स्वस्थ भविष्य सिर्जना गर्दै हाम्रो वातावरणको संरक्षण र पुर्नस्थापनामा हरियाली कायम गरी योगदान गर्ने लक्ष्य बृक्षारोपण कार्यक्रमको रहेको थियो ।
    कार्यक्रममा सहभागीहरूले रुख रोप्ने, वनीकरणको महत्बारे जान्न र वातावरण संरक्षण सम्बन्धी अन्तरक्रियात्मक जनचेतनामुलक कार्यक्रममा संलग्न हुने अवसर पाए । वृक्षारोपण कार्यक्रममा भाग लिएर सँगै, हामी वातावरणमा सकारात्मक प्रभाव पार्न सक्छौं र पृथ्विमा हरियालीका लागि दिगो भविष्य सिर्जना गर्न सक्छौं । कार्यकारी निर्देशक दिपक अग्रवालले प्रस्ट्याउनुभयो ।
    विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आत्यधिक ग्राहकहरुले रुचाइएको ब्रान्ड आइशर BATASMAW ले आधिकारिक रूपमा बिक्रि गर्दै आईरहेको छ । आइशर बिश्व भर ७० भन्दा बढी देशहरूमा फैलिएको छ । आइशरले भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ । साथै हालसालै भएको बतास र एमएडब्लू बीचको एकताले व्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ Touch Point का साथ देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs